३१ जेष्ठ २०७३, सोमबार

wa

विगतका वर्षहरुमा असार मसान्त लागिसक्दा पनि पानी नपर्दा सबैभन्दा बढी खेती किसानी गर्ने कृषकहरु मारमा पर्ने गर्दथे । तर यसपाली भने किसानहरुलाई प्रकृतिले नै साथ दिने निश्चितप्राय भएको छ । आउँदो साताबाट नियमित मनसुन शुरु भई निरन्तर वर्षा हुने मौसमविभागले पूर्वानुमान गरेको छ ।

असारको महिना कृषकहरुले खेतीपाती गर्ने मूख्य समय हो । विशेष गरि यो समयमा धान रोपाइँ गर्ने भएकोले वर्षा अनिवार्य मानिन्छ । तर विगतका वर्षहरुमा समयमा पर्याप्त पानी नपर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए । हरेक वर्ष जुन १० देखि मनसुन शुरु हुने विश्वास गरिन्छ ।

तर यो वर्ष पनि प्रि मनसुनमा भएको गडबढीले केही दिन मनुसन ढिलो सुरु हुने भएको मौसमविद् समिर श्रेष्ठले बताउँनुभयो । तर यसपटक वायुहरुको सम्मिश्रणले लामो समय अर्थात तीनमहिनासम्म पानी पर्नसक्ने बताउनुभयो ।

मौसमविद श्रेष्ठले हाल जलवाष्पयुक्त हावा बंगालकै आसपासमा रहेको बताउँदै प्रि मनसुनका कारण केही स्थानमा भने छिटफुटरुपमा वर्षात् भइरहेको बताउनुभयो ।

उँहाले मनसुन अझै उत्तर नेपालतर्फ सर्ने क्रममै रहेको जानाकारी दिनुभयो । जलवाष्पयुक्त बायु पुर्वी भारत प्रवेश गरिसकेकोले पूर्वी नेपाल अर्थात ताप्लेजुङबाट वर्षात शुरु हुने मौसमविद श्रेष्ठले बताउँनुभयो ।

 

LIVE TV