३१ जेष्ठ २०७३, सोमबार

काठमाडौं,फिल्म ‘दर्पण छाँया२’को शुभमुहुरत भएको छ । फिल्मका निर्माण पक्षले कार्यक्रमको आयोजना गर्दै ‘दर्पण छाँया२’को शुभमुहुरत गरेका हुन् । निकै चर्चामा रहन सफल फिल्म दर्पण छाया को सिक्वेल फिल्मको रुपमा ‘दर्पण छाँया२’ रहेको छ ।

vlcsnap-2016-06-13-17h58m37s740
पहिलो फिल्म दर्पण छाया निर्माण भएको निकै लामो समय पछि ‘दर्पण छाँया२’फिल्मको पनि शुभमुहुरत भएको छ । फिल्मको कथाबस्तु पुर्ण रुपमा मौलीक भए पनि फिल्मले पहिलो फिल्म दर्पण छायाको कथाबस्तु भन्दा फरक धारमा प्रस्तुत गर्ने भएको छ । पछिल्लो समयमा नयाँ कलाकारहरुको आगमन र दर्शकहरुको रोजाई सँगै ‘दर्पण छाँया२’मा पनि नयाँ कलाकारहरुलाई नै प्राथमीकतामा राखीएको छ । तर पहिलो फिल्म दर्पण छाँया को कलाकारहरु दोहारीने भनीएता पनि अहिले नदोहोरीनेमा पक्का भईसकेका छन् ।
‘दर्पण छाँया२’फिल्मलाई सबु गदाल कार्की र रभि कार्कीको निर्माणमा तुलसी घिमीरेले निर्देशन गर्दैछन् । उक्त फिल्मलाई साहारा फिल्मस्को ब्यानरमा डा.लोपसङ लामाले प्रस्तुत गर्ने भएका छन् । फिल्मको संगीतलाई रञ्जीत गज्मीर र चन्दन लोम्जेलले निर्देशन गर्दैछन् । त्यस्तै राजेश पायल राइ,मेलीना राई,शिब परियार र अशोक धमालाले उक्त फिल्मको गीतलाई स्वरबद्ध गर्नेछन् ।
तुलसि घिमीरेको आगामी फिल्मको रुपमा रहेको ‘दर्पण छाँया२’मा बिशेष गरी नयाँ कलाकारहरुलाई प्राथमीकतामा राखीएको छ । जस्मा पुष्पल खड्का,साहारा कार्की,र श्रद्धा प्रसाई रहेका छन् । यी तीन कलाकारहरु पनि यसै फिल्म बाट ईन्डष्ट्रिमा प्रबेश गर्दैछन् । त्यसैले ‘दर्पण छाँया२’फिल्म दर्शकहरुका साथै यी कलाकारहरुलाई बिषेश हुने भएको छ ।
‘दर्पण छाँया२’लाई कार्यक्रममा पुजा अर्चनाका साथै फिल्मको पहिलो शट लिईयो । साथै फिल्मको पहिलो सट सँगै पहिलो फिल्म दर्पण छाँयाको गीत लहनाले जुरायो की …बोल गीतमा नृत्य पनि प्रस्तुत गरीए । फिल्मको मुहुरत उक्त कार्यक्रममा फिल्मका निर्देशक तुलसि घिमिरेले फिल्मको बारेमा प्रस्ट्याउँदै पहिले जस्तै दर्शकहरुले ‘दर्पण छाँया२’लाई पनि साथ दिनेमा आशा रहेको बताए ।
vlcsnap-2016-06-13-17h59m39s132
निर्माण हुदै गरेको फिल्म ‘दर्पण छाँया२’को सपोर्टरको रुपमा सरोज खनाल,बि.एस राणा,सुमन घिमीरे,जीवन आचार्य,असिम शेर्पा, फिरोज तिमल्सीना लगाएका ब्यक्तित्वहरु रहेका छन् । कार्यक्रममा उपस्थित सबै अतिथीहरुले ‘दर्पण छाँया२’फिल्मलाई सफलताको शुभकामना पनि दिए ।
vlcsnap-2016-06-13-18h04m03s238

प्रतिक्रिया दिनुहोस्
LIVE TV