३१ जेष्ठ २०७३, सोमबार

bad

असार दोस्रो साताबाट खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मेन्स डबल्स्, भेट्रान्स डबल्स् र मेन्स सिंगल गरि तीन इभेन्ट समावेश गरिएको छ । तीनै इभेन्ट्समा नेपाल ब्याडमिन्टन संघले तयार गरेको उत्कृष्ट २० खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगीताका खेलहरु पिस फिटनेस सेन्टर पेप्सीकोलामा हुनेछन् । प्रतियोगितामा मेन्स डबल्स्, भेट्रान्स डबल्स् र मेन्स सिंगल इभेन्ट समावेश गरिएको छ । तीनै इभेन्ट्समा नेपाल ब्याडमिन्टन संघले तयार गरेको उत्कृष्ट २० खेलाडीरुले खेल्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा करिव १०० टिमको सहभागीता रहने आयोजकले अनुमान गरेको छ। प्रतियोगितालाई श्री सहकारी बचत तथा ऋण सहकारी संस्था र बगि प्लान ब्याग उद्योगले संयुक्त रुपमा प्रायोजन गरेको छ ।

मेन्स डबल्स्को विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै भेट्रान्स डबल्स्को विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार तथा मेन्स सिंगल्स्का विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता असार १८ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV