३१ जेष्ठ २०७३, सोमबार

 

sakti

गृहमन्त्री शक्ति बस्नेतले मूलुकको अर्थतन्त्रको मेरुडण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि शान्ति सुरक्षा र सुव्यवस्था आवश्यक रहेकोप्रति सरकार सजक रहेको बताउनुभएको छ । उहाँले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री बस्नेतले देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले पु¥याएको योगदानको सरकारले सधै कदर गर्ने बताउनुभयो । उहाँले आर्थिक सम्वृद्धिका लागि सरकार र व्यवसायी मिलेर अघि बढ्नु पर्ने  बताउनुभयो ।

ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष रामशरण थपलियाले काठमाण्डौको मुटुमा रहेको प्रसिद्ध पर्यटकीय स्थल ठमेलमा शान्ति सुरक्षाको अवस्थालाई तत्काल सुधार्न आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा पर्यटन क्षेत्रका सरोकारवालाहरुले देशको पर्यटन क्षेत्रलाई कसरी अधि बढाउने र कसरी नेपालमा पर्यटकहरु बढाउने भन्ने विषयमा आआफ्ना धारणा राखेका थिए ।

 

LIVE TV