३१ जेष्ठ २०७३, सोमबार

rain india

नयाँ दिल्ली, भारतको पूर्वी राज्य बिहारमा आँधीबेहरीबाट कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

आँधीको सो प्रकोपबाट मजफरपुरमा पाँचजना र पटना र सिवान जिल्लामा ६ जनाको मृत्यु भएको बताइएको छ । मुसलधारे वर्षाको कारण सिवान र मैर्वाबीचको रेल मार्गसमेत केही समयको लागि बन्द भएको बताइएको छ ।

भारतमा गत हप्ताबाट नै वर्षाको मौसम सुरु भएको छ । भारतीय जलवायु विभागका अनुसार बिहारमा सो मनसुनी वर्षा आगमी जुन २० बाट मात्र सुरु हुनुपर्ने थियो ।

भारतको बार्षिक ८० प्रतिशत मनसुनी वर्षा जुनबाट सुरु भएर सेप्टेम्बरको अन्त्यसम्म रहने गरेको पाइन्छ । गत महिना उत्तरी भारतीय राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी र मुसलधारे वर्षाबाट ५० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV