३१ जेष्ठ २०७३, सोमबार

Afganistan_bomb_670_1395133927

काबुल, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा गएराति रातभर अफगान विशेष प्रहरीबलले आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा १३ तालिवान आतङ्ककारी मारिएका छन् ।

अफगान गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
गत राति प्रहरी संकट व्यवस्थापन युनिट (सिआरयु) ले अफगानिस्तानमा शान्ति र स्थायित्वको लागि अफगानिस्तानको केही स्थानमा गरेको कारबाहीको क्रममा ती १३ सशस्त्र तालिवान आतङ्ककारी मारिएका मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

लोगार प्रान्तको प्रान्तीय राजधानी पुली अलाममा भएको कारबाहीको क्रममा ती सशस्त्र १३ तालिवान आतङ्ककारी मारिएका मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको हो ।

अफगानिस्तानको राजधानी काबुलबाट ६० किलोमिटर दक्षिणमा पर्ने स्थानमा भएको यस कारबाहीमा एके ४७ राइफल, मेशिनगनलगायतका हातहतियार पनि सिआरयुले कब्जामा लिएको बताइएको छ ।

तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणागर्दै आएका तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भईरहेको बताइएको छ ।
आइतबार राति भएको प्रहरी कारबाहीको तालिवानहरुले भने कुनै टिप्पणी गरेका छैनन् । रासस÷एपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV