३१ जेष्ठ २०७३, सोमबार

PM-Oli

प्रधानमन्त्री केपी शर्मा आलीले मुलुकको समृद्धि र विकासका लागि विज्ञान र प्रबिधिको महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ ।

आजको युग बिज्ञान र प्रबिधिको युग भएकाले बिज्ञान र प्रबिधिको बिकास बिना मुलुकको बिकास असम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाण्डौमा आयोजित स्कूल अन एस्ट्रोनमी एण्ड स्पेस साईन्स बिषयक कार्यक्रममा प्रधानमन्त्री आलीले हाम्रो हैसियत र समग्रतालाई हेरेर प्रबिधि र विकासलाई जोड्नुपर्ने बताउनुभयो ।

उहाँले  प्रबिधि र संचारको क्षेत्रमा आफ्नै सेटलाईटको स्थापना गर्ने दिशामा अघि बढेको जानकारी दिनुभयो । उहाँले बिज्ञान र प्रबिधिको क्षेत्रमा सरकारको सहयोग सदैव रहने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्तरिक्ष र खगोलशास्त्रका विषयमा हाम्रा पुर्खाले हजारौं बर्ष पहिले नै जानकारी प्राप्त गरेको  दावी गर्दै त्यहि जगमा टेकेर बिज्ञान र प्रबिधिको बिकास गर्न सकिने बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV