३१ जेष्ठ २०७३, सोमबार

फिल्म ‘रीलेशन’ अमेरीकाको थिएटरमा लागेको उपलक्ष्यमा फिल्मका निर्माण पक्षले भेटघाट कार्यक्रम राख्दै खुशि बाँडेका छन् । आयोजीत उक्त भेटघाटमा फिल्मका निर्देशक दिपेन्द्र दाहालले करीब फिल्मको लगानीको ५० प्रतिशत लगानी पनि उठाईसकेको जानकारी दिएका छन् । साथै फिल्म ‘रीलेशन’को सम्पुर्ण लगानी अमेरीका बाटनै उठाउने दाबी गरेका छन् ।

vlcsnap-2016-06-13-12h38m13s428
फिल्मलाई दिवाकर महर्जनको निर्माणमा दिपेन्द्र दाहालले निर्देशन गरेका हुन् । पछिल्लो समयमा बिशुद्ध नेपाली कथाबस्तुलाई दर्शकहरुले रुचाईरहेका समयमा दिपेन्द्र दाहालले देक्वाण्डो खेल सँग सम्बन्धित फिल्म ‘रीलेशन’ पनि दर्शक सामु ल्याएका हुन् । उक्त ‘रीलेशन’ फिल्म यहि असारको १० गते बाट दर्शक सामु प्रस्तुत हुदैछ ।
‘रीलेशन’को उक्त भेटघाटमा फिल्मका निर्माण पक्षलाई कलाकारहरु र पत्रकारहरुले साथ दिए । फिल्मको निर्देशक रहेका दिपेन्द्र दाहालले फिल्म अमेरीकाका थिएटरमा लागेको खुशीयाली बाँड्दै फिल्मको बारेमा पनि आफ्नो भनाई पनि राखे । साथै असारको १० गते बाट हलमा लाग्दै गरेको ‘रीलेशन’ लाई दर्शकहरुले मन पराई दिने पनि आशा राखेका छन् ।
vlcsnap-2016-06-13-12h37m00s266
नेपाली तेक्वाण्डो र अमेरीकन तेक्वाण्डोको समिश्रण रहेको ‘रीलेशन’ फिल्ममा दिवाकर महर्जन,क्रिस्टिना,गीता अधिकारी अगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा पनि निर्देशक दाहालले नै लेखेका हुन् । जुगल डंगोलले संगीत भरेका छन् । त्यस्तै फिल्ममा अर्जुन महर्जन र अष्ट महर्जनको द्धन्द निर्देशन तथा गोबिन्द राईले नृत्य निर्देशन गरेका छन् ।

LIVE TV