
काठमाण्डौका सडकहरु यसै नि साँघुरा छन । तर जब राजनितिक शतिहरुको भव्य भेलाहरु हुन्छ तब पुरै सडक दलका नेता तथा कार्यकर्ताले भरिन्छन र ट्राफिक जाम भोग्नुपर्दछ नागरिकहरुले ।
तर आज छुटटै दृश्य देखियो सडकपेटीबाट कार्यकर्ताहरु हिडिरहे अनि सडकमा सवारीसाधनहरु गुडिरहे ।
यो दृश्य दशरथ रंगशालास्थित नँया शतिm नेपाल पार्टीको आपचारिक घोषणासभामा सहभागी हुनजाने सडकपेटीका ¥याली र गुडीरहेका सवारीसाधनहरुको हो । जँहा न कुनै जाम छ न कुनै अवरोधहरु नै ।
यो ¥यालीमा नँया शतिm नेपाल निर्माण गर्न भन्दै कार्यकर्ताहरु सडकमा नभई सडकका पेटीहरुबाट हिडिँरहेका थिए । हजारौ कार्यकर्ताहरु त्यसछि सजिलैसँग नयाँ शतिm नेपाल पाटी गठन गर्ने घोषणासभा रंगशालामा प्रवेश गरे ।
पुर्वप्रधानमन्त्री बाबुराम भटटराइले नेतृत्व गर्ने भनिएको पाटी निर्माणका लागि भन्दै जिल्ला भरिबाट कार्यकर्ता तथा नागरिकहरु सभामा आएका हुन । उनीहरुले धैर्य हुदै समृद्ध नेपालका लागि अबको निकास आर्थिक विकास भन्ने नारालाई जोड दिइरहेका थिए ।
पार्टीको औपचारिक घोषणा गर्ने भनिएको दिनमा ट्राफिक जाम नै नहुदाँ अधिकांश नागरिकहरु खुशी प्रकट गरीरहका थिए भने कोही बाबुरामले पक्कै केही गर्ने विश्वास व्यतm गरिरहेका थिए ।
केही फरक ढंगले ट्राफिक व्यवस्थापन गर्ने बताएको नँया शतिmकै योजनाअनुसार नै आफनो कार्यकर्ताहरुलाई फरक तरिकाले परिचालन गरेको नँया शतिmका केन्द्रिय सदस्य फणिन्द्र देवकोटाले बताउनुभयो ।
यस्तो दृश्यहरु देख्दा जो कोहिलाई लाग्न सक्छ देश बदल्नुपर्छ भने सुरु आफैँबाट गर्नुपर्छ । ट्राफिक जाम वा कुनैै बाधा अवरोध विना नै कार्यकर्ताहरु भेला गर्दा नागरिकहरुले घण्टौसम्मका सवारी जामहरु भोग्नुपरेन ।