३० जेष्ठ २०७३, आईतवार

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आफूले भारत भ्रमणका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनको अवस्थाबारे जानकारी गराएको बताउनुभएको छ । उहाँले भारतबाट कुनै प्रेसक्रिप्सन भने नल्याएको प्रष्ट पार्नु भयो ।

दक्षिण एसियाली विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा भाग लिएरस्वदेश फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले संविधानको कार्यान्वयन नेपालको आन्तरिक मामिला भएकाले भारतबाट कुनै प्रेसक्रिप्सन नल्याएको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण अन्तिम समयमा रद्द भएकाप्रति भारतको चित्त दुखाइ रहेको बताउनुभयो । उहाँले आफूले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटवार्तामा नेपालमा अचानक राजनीतिक अस्थिरता आइपरेको र त्यो अस्थिरताको सामनाका लागि राष्ट्रपति भण्डारीको उपस्थिति अनिवार्य भएका कारण अन्तिम समयमा भारत भ्रमण रद्द गर्नुपरेको बताएको संचारकर्मीहरुलाई जानकारी दिनुभयो । उहााले राष्ट्रपति भण्डारीले चाँडै नै भारतको भ्रमण गर्ने दाबी पनि गर्नुभयो ।

नेकपा माओवादी केन्द्रले एक महिना पहिले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेपछि सरकारले राष्ट्रपति भण्डारीको पूर्वनिर्धारित भारत भ्रमण रद्द गरेको थियो ।

 

LIVE TV