३० जेष्ठ २०७३, आईतवार

punanerman pradhikaran

भूकम्पवाट क्षति भएका घर पुनर्निर्माणका लागि ७४ हजार ४ सय ८१ घरधनीले अनुदान सम्झौता गरेका छन ।

उपत्यकका तीन जिल्ला वाहेकका भूकम्प प्रभावित ११ जिल्लामा सम्वन्धित गाउँ विकास समिति र घरधनीबीच अनुदान सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका अनुसार अनुदान सम्झौता हुनेमा रामेछापमा ३१ हजार ८ सय ४ घरधनी रहेका छन ।

त्यस्तै दोलखामा १५ हजार ५ सय ९४, धादिङमा २ हजार ९८, नुवाकोटमा ७ सय, गोरखामा ४ हजार ८ सय ५०, सिन्धुपाल्चोकमा ३ हजार घरधनी रहेका छन । त्यसैगरी काभ्रेमा ९ सय १५, सिन्धुलीमा ११ सय, रसुवामा २ सय ८, मकवानपुरमा १० घरधनीले सम्झौता गरेका छन ।

अहिले ११ जिल्लामा अनुदान सम्झौतका काम जारी रहेको र अन्य ठाउँमा पनि अनुदान सम्झौताको काम तिव्र रुपमा अगाडी वढाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

LIVE TV