३० जेष्ठ २०७३, आईतवार

आर्थिक विकास र समृद्धि नयाँ शक्तिको पहिलो एजेण्डा

gofF zlQm g]kfnsf] 3f]if0fsfo{qmdnfO{ ;Djf]wg ub{} 8f= jfa'/fd e66/fO{ . tl:a/ M k|bLk/fh jGt,/f;;

 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दश वर्षसम्म सशस्त्र युद्ध गरेको माओवादी पार्टी परित्याग गरेको आठ महिना २० दिनपछि नयाँ पार्टी घोषणा गर्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज काठमाडौको दशरथ रंगशालामा हजारौं संस्थापक सदस्यहरुको उपस्थितिमाझ नयाँ शक्ति नेपाल नामक पार्टी घोषणा गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले गत वर्षको असोज ९ गते माओवादी पार्टी परित्याग गर्नुभएको थियो । उहाँले पार्टी परित्याग गरेलगत्तै नयाँ शक्ति निर्माण अभियान संचालन गर्दै आउनुभएको थियो । डा. भट्टराईले नयाँ संविधान जारी भएसँगै राजनीतिक आन्दोलन पूरा भएको र पुराना पार्टीहरुबाट संविधानले लिएको लक्ष्य अनुसार मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको भन्दै नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्नुभएको हो ।

उहाँले मुलुकभित्र रोजगारीको सिर्जना नहुँदा मुलुकको युवाशक्ति विदेशिन वाध्य भएको र मुलुकको आर्थिक विकास पछाडि परेको भन्दै नयाँ शक्तिले आर्थिक विकास र समृद्धिलाई पहिलो एजेण्डा बनाएर काम गर्ने बताउनुभयो । उहााले युवाहरुलाई मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गरेर छाना नभएका घरमाथि सुनको छाना हाल्नु पार्टीको लक्ष्य भएको बताउनुभयो । उहाँले सात बर्षभित्र गरिबी अन्त्य गर्ने तथा १५ वर्षभित्र प्रतिव्यक्ति आय अहिलेको भन्दा दश गुणा बढी बढाउन सकिने कार्ययोजना नयाँ शक्तिसँग रहेको दाबी गर्नुभयो ।

डा. भट्टराईलाई नयाँ शक्ति नेपाल निर्माण गर्न माओवादी पार्टी परित्याग गरेका दुई दर्जनभन्दा बढी नेता, केही पूर्व प्रशासकहरु लगायतले साथ दिएका छन् । अबको निकास, आर्थिक विकास भन्ने नारासहित घोषणा गरिएको नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र विभिन्न मुलुकका नेता तथा कुटनीतिज्ञको उपस्थितिमा संस्थापक सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।

नयाँ शक्ति नेपालको घोषणा सभामा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि सहभागी थिए । सभामा राप्रपा नेपाल, राप्रपा, संघीय समाजवादी फोरम नेपाल लगायतका विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी थिए । नयाँ शक्ति नेपालले जेठ ३१  र ३२ गते प्रज्ञा भवनमा छलफल सत्र राखेको छ । १ हजार ५ सय प्रतिनिधि सहभागी हुने छलफल सत्रले पार्टीको विधान, राजनीतिक प्रतिवेदन, आर्थिक कार्ययोजना लगायतका बारेमा छलफल गरी नेतृत्व चयन गर्ने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV