
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधैँ लडाइँ झगडा गर्ने मुलुक मात्र रहिरहन नसक्ने तथा नेपालले विकास गर्न नहुने भन्ने कुरा नरहेको र स्रोतहरुले सम्पन्न देशका मेहनती जनता गरिव रहन नसक्ने प्रधानमन्त्री ओलीको कथन थियो ।
प्रधानमन्त्रीले देश, जनता, राष्ट्रिय एकता, समृद्धि, स्थायित्व र विकासका लागि काम गर्न नयाँ शक्ति नेपालाई शुभकामना दिनुभएको छ ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा दशरथ रंगशाला पुग्नुभएका प्रधानमन्त्री ओलीले आफूले कुनै पार्टी प्रति आग्रह र पूवाग्रह नराख्ने भन्दै राम्रो कामको गर्नको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
नयाँ बन्दै गरेको पार्टीले यो काम गरेन उ काम गरेन भनेर तत्काल टिप्पणी गर्न नमिल्ने उल्लेख गर्नुहुँदै उहाँले राम्रो काम गर्ने गर्न सकोस् भनेर शुभकामना दिनुभयो ।
प्रधानमन्त्री ओलीले संसद र निर्वाचन आयोगमा राजनीतिक दलहरुको संख्या धेरै रहेका वताउनुभयो । नयाँ शक्ति संख्या थप्नमा मात्र सिमित नरहने उहाँको विश्वास थियो ।