३० जेष्ठ २०७३, आईतवार

राजनीतिक मुद्दालाई भन्दा आर्थिक मुद्दामा केन्द्रीत हुने प्रतिवद्धता गरेको भट्टराइ नेतृत्वको नया शक्ति नेपालले उठाएका एजेन्डा कार्यक्रमिक हिसावले सान्र्दभिक भएको बताईन्छ । तर व्यावहारमा कत्तिको खरो उत्रिने हो त्यो उत्सुकताको विषय भएको छ ।

पछिल्लो एक दशकमा नेपाली जनताले निकै अपेक्षाका साथ हेरेका नेता थिए डा. भट्टराई । अर्थमन्त्री छँदा राम्रो छवी बनाएका उनी प्रधानमन्त्री रहँदा चाहिँ खासै काम गर्न सकेनन् । त्यतिमात्र होईन जातीय तथा क्षेत्रीय मुद्दामा नेपाली विशिष्टता नबुझी स्थितीलाई भड्काउनतर्फ भट्टराई लागेपछि नेपाली जनताको ठूलो तप्काले उनी विरुद्ध विष बमन पनि गर्यो । कुनै बेलाका जनताका आशाका पूञ्ज बनेका भट्टराई पछिल्लो पटक निकै आलोचनाका पात्र बने ।

नया संविधानको घोषणा पश्चात भट्टराईले नया बैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता भएको भन्दै तत्कालीन एकीकृत माओवादी परित्याग गरी नया शक्ति निर्माणको बहसलाई अगाडी बढाए । बामलोकतान्त्रिक चरित्रको नया पार्टी निर्माणको अभियानमा समाजका विभिन्न पक्षहरुलाई भट्टराईले समेट्न सफल भए । घोर राजनीतिक चिन्तन, बहस र मन्थनवाट नेपाली धरातल अनुकलको नया पार्टी घोषणा हुन पुगेको पार्टी घोषणा सभामा भट्टराईले दावी समेत गरे ।

आर्थिक एजेन्डालाई केन्द्रमा राखि राजनीतिक नैतिकता र उत्तरदायित्वलाई महत्व दिएको नया शक्तिको अगाडी पार्टीको भीडमा विभिन्न पहिचान निर्माणको लागि जनमुखी कार्यक्रमसहित व्यावहारिक रुपमा खरो उत्रिनु आवश्यक छ ।

कार्यक्रमिकरुपमा नया शक्तिले गरेको पाँच स को प्रतिवद्यता उचित भएपनि यस अभियानमा लागेकाहरुको विगत त्यति उत्साहप्रदक छैन् । झनै जातीयता, क्षत्रियता र साम्प्रयिकता मुद्दा उचाल्नेहरुपनि यो भीडमा भएको कारण भट्टराईले कसरी सन्तुलन गर्दछन् जनताले हेरिरहेको छ ।

पछिल्ला बर्षमा निकै आलोचना खेपिरहेका भट्टराईले अव जनतालाई कसरी खुसी बनाउन सक्लान उनको समय सुरु भईसकेको छ । त्यस्तै गरी भिन्न तप्का र पक्षवाट आएका व्यक्तिहरुको झुण्डलाई व्यवस्थापन गरी संगठनलाई कसरी चुस्त र बलियो बनाउन सक्छन् भट्टराईको अर्को खरो चुनौती यो पनि भएको छ ।

 

LIVE TV