३० जेष्ठ २०७३, आईतवार

काठमाडौँ, भारतको नयाँदिल्लीस्थित गुडगाउँमा हालै सम्पन्न ‘वल्र्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा न्युरोसर्जन डा अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पु¥याएर निकाल्ने तरिकाबारे प्रस्तुत गरेको कार्यपत्रमा उहाँलाई प्रथम पुरस्कार प्रदान गरिएको अस्पतालले जानकारी दिएको छ ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उहाँले स्पाइनमा देखिने ट्युमर तुलनात्मक रुपमा अत्यन्त जटिल मानिने भएकाले त्यसलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययनबारे चर्चा गर्नुुभएको थियो । रासस

 

LIVE TV