३० जेष्ठ २०७३, आईतवार

nepse h1

साताको पहिलो आइतवार दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै २ अर्बको शेयर कारोबार भएको छ ।

दिनभरिमा १ सय ३३ वटा कम्पनिको २१ लाख ३१ हजार ८ सय ५९ कित्ता शेयर ७ हजार ३ सय ५४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९६ करोड ४७ लाख २३ हजार ५ सय ४१ रुपैँयाको कारोबार भएको हो ।

नेप्से परिसूचकले पनि आइतबार नयाँ रेकर्ड बनाएको छ । आईतवार ३१ दशमलव २६ अंकले बढेर १ हजार ५ सय ९७  दशमलव ९६ अंकमा पुगी आइतबारको कारोबार बन्द भएको छ  । एनबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण दिनदिनै बढिरहेको छ ।

केही दिनयता अत्याधिक कारोबार गर्दै आएको एनबी बैंकको आइतबार पनि सबैभन्दा धेरै ३५ करोड ५८ लाख ६८ हजार १ सय ८७ रुपैँयाको शेयर कारोबार भएको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सको पौने १२ करोड र एभरेष्ट बैंकको झन्डै ११ करोडको कारोबार भएको छ । सिन्धु विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, नेपाल इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले क्रमशः ९.९३, ९.८०, ९.५५, ९.३९ र ९.३७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् ।

जलविद्युत् समूहबाहेक सबै समह उकालो लागेका छन् । सबैभन्दा धेरै वाणिज्य बैंक ४७.४७ अंकले बढेको छ भने विमा, विकास बैंक, होटल, फाइनान्स र अन्य क्रमशः ३०.७, २२.२७, १०.७९, १.४१ र १.१७ अंकले बढेका छन् । जलविद्युत् भने ८.३ अंकले घटेको छ ।

 

LIVE TV