३० जेष्ठ २०७३, आईतवार

अमेरिकाको ओर्लान्डोस्थित एक नाईटक्लवमा गोलावारी हुँदा २० जना भन्दा बढी घाईते भएका छन् । बन्दुकधारीहरुले केहीलाई अझै बन्धक बनाई राखेको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

आईतवार मास्क लगाएका बन्दुकधारीहरु अमेरिकाको ओर्लान्डो राज्यस्थित एक समलिङ्गी नाईटक्लवमा प्रवेश गरी अन्धाधुन्धा गोली प्रहार गरेका थिए । गोली प्रहारवाट २० भन्दा बढी घाईते भएको सञ्चार माध्यामहरुले जनाएका छन् । गोलावारीमा कम्तीमा पनि दुई जना बन्दुकधारी संलग्न भएको हुन सक्ने ओर्लान्ड प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थललाई चारैतिरवाट घेराहाली स्थितीलाई नियन्त्रणमा दिने प्रयास गरिरहेको छ । मानवीय क्षतीलाई सकेसम्म कम गर्न प्रहरीलाई संयमतापूर्वक कारवाही अगाडी बढाईरहेको बताईएको छ । बन्धकहरुको अवस्थाकोवारेमा विस्तृत जानकारी आईनसकेको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यामहरुले उल्लेख गरे अनुसार बन्दुकधारीहरुसंँग बम पनि रहेको आशंकामा प्रहरीले स्थितीलाई सामान्य बनाउने प्रयास गरिरहेको छ । व्यक्तिगतरुपमा हतियार राख्न पाउने सहज कानुनको दुरुपयोग गर्दै वितन्डकारी तत्वहरु समाजमा आतंक फैलाउन लागिरहेको अमेरिकी प्रशासनले जनाएको छ । पछिल्लो एक बर्षमा गोलीकाण्डका कारण अमेरिकामा १ हजार भन्दा बढीको मृत्यु भएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

LIVE TV