३० जेष्ठ २०७३, आईतवार

दोलखा, होटलमा साना साना बालबालिकालाई प्रयोग गरी काम लगाएको जनाउँदै यहाँका तीन होटलबाट तीन बालमजदुरको उद्धार गरिएको छ ।
उद्धार भएकामा होटल गौरी होराइजन, चरीकोट चरीघ्याङबाट १४ वर्षीय तुलामान थामी, रेसिका मिठाइ चाट भण्डार बीचबजारबाट १४ वर्षीय चन्द्र नेवार र होटल जेनियल चरीघ्याङबाट १२ वर्षीय तुलमान थामी छन् ।

उनीहरु सबैको घर कालिञ्चोक गाविस रहेको बताइएको छ । उनीहरुको उद्धारका लागि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्लान इन्टरनेसलन नेपाल लगायत सङ्घसस्थाको सहभागिता थियो ।

उद्धार गरिएका बालबालिकालाई केही दिनका लागि गैरसरकारी संस्थाले राख्ने प्लान नेपालका प्रमिला अधिकारीले जनकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV