३० जेष्ठ २०७३, आईतवार

 

 

 

ठुलो प्रचार प्रसार र तामझामका साथ नयाँ शक्ति नेपालको पार्टीको घोषणा भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल पार्टी’ घोषणा गर्नुभएको छ । काठमाण्डौं दशरथ रंगशालामा आयोजित एक विशेष कार्यक्रमबीच भट्टराईले पार्टी घोषणा गर्नुभएको हो ।

 

भट्टराईले आदिवासी जनजाति, मधेसी, थारुहट, महिला र मुस्लिमलगायत उत्पीडितको संघर्षको उच्च सम्मान गर्ने बताउनुभयो । उहाँले जनताको न्याय र मुक्तिको आकांक्षा पूरा गर्न नयाँ पार्टीको घोषणा गरेको जानकारी दिनुभयो ।

पार्टी घोषणा सँगै बाबुरामले सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकसाथ पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

naya shakti

विज्ञापन हेर्दा र नारा सुन्दा निकै मीठो लागे पनि नयाँ शक्तिपार्टीको काम र क्षमता भने भविष्यले नै बताउने छ । डा. बाबुराम भट्टराईले दशरथ रंगशालाको मञ्चबाट वैकल्पिक राजनीतिक शक्तिको दावी गर्दै नयाँ शक्ति पार्टीको घोषणा गरेसंग् ‘जाग लम्क चम्क हे नौ जवान हो,’ भन्ने गीतको धून बजाइएको छ ।

साच्चीकै जागरणका साथ लम्कन र चम्कन सक्यो भने मात्र नयाँ शक्ति साँचो रुपमा जनतामा स्थापित हुनेछ । अन्यथा अन्य दल झै नयाँ एउटा राजनीतिक दलमा सिमित हुने छ ।

 

LIVE TV