३० जेष्ठ २०७३, आईतवार

zz2

नयाँ र चर्चामा रहेका चलचित्रहरुको भटाभट पाइरेसि हुन थालेपछि कतै फिल्म इन्डष्ट्री नै धरासाही हुने हो कि भन्ने चासो सर्बत्र भइ रहेको छ ।

एकातिर चलचित्रहरु धमाधम अनाधिकृत रुपमा बाहीर आइ रहेका छन भने अर्को तर्फ यस क्षेत्र संग अबद्ध चलचित्रकर्मी र संघ सस्थाहरुले देखाउनु पर्ने जत्ती गम्भीर नदेखाएको भन्ने आरोप पनि लाग्न थालेको छ ।

आप्mनै पेशा नै धरापमा पर्ने गरी गैर कानुनी रुपमा चलचित्रहरु बाहीरीए पनि आबस्यक्ता अनुसार सम्बन्धीत चलचित्र कर्मी र यस क्षेत्र संघ सम्बन्धीत संघ संस्थाका पदाधिकारी सव्रmीय हुन नसकेको स्यम निर्माता एबं बितरक प्रदीप उदय स्वीकार छन ।

आफ्नो वा आफ्नो जस्तै निर्माण कम्पनीले निर्माण गरेको सम्पत्तीको सुरक्षाको लागि सबैभन्दा पहीला निर्माता आफै जागरुक हुनपर्ने मत राख्छन अर्का चलचित्र कर्मी कृष्ण मल्ल पनि ।पाइरेसि लाइ निरुत्साहीत गर्न दर्शक पनि गम्भीर हुन आबस्यक ठान्छन कृष्ण मल्ल ।

चलचित्र क्षेत्र लाइ नै दिर्घकालिन रुपमा असर पुराउने भएकाले यस पेश संग सरोकार राख्ने सबै निकाय गम्भीर हुन पर्ने बिचार नायक आर्यन सिग्देलको छ ।

पाइरेसिको सबै भन्दा मारमा परेका निर्माता एबं निर्देशक भुबन केसि पनि क्षतिपुर्ति दिने भन्दा पनि पाइरेसिनै हुन नदीने स्थीतिको सृजना गर्नु पर्ने बताउद छन ।कडा भन्दा कडा कानुनको निर्माण र कार्वान्यन आबस्यक रहेको र त्यसको लागि सरकारी निकाय गम्भीर हुनु पर्ने भुबनको भनाइ रहेको छ ।

पछिल्लो समय भएको फिल्महरुको पाइरेसिले चलचित्र क्षेत्रमा एउटा तरंग चाही ल्याइदिएको छ ।भएको प्रतिलिपि अधिकार ऐन कार्वान्यन गर्न गराउन र नयाँ कानुन बनायर यस्ता गतिबिधि लाइ निरुत्साहीत गर्न सबै भन्दा पहीला चलचित्र कर्मीहरुनै आफै एकजुट भयर कडा कानुन निर्माण र कार्वान्यनको लागि पहल गर्न जरुरी छ ।नत्र एउटाले लगानी गर्ने अर्कोले आम्दानी गर्ने व्रmम झनै मौलायर जाने निस्चीत छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV