२९ जेष्ठ २०७३, शनिबार

हाम्रो समाजमा साङ्ग र अपाङ्ता भएको विद्यार्थीलाई हेर्ने दृष्टिकोण फरक छ । अपाङ्गता भएका विद्यार्थीले शाररीक सहित अन्य कारणले अपेक्षा गरेअनुसारको प्रगति गर्न सक्दैन् भन्ने तर्क गरिन्छ । तर यस्ता भनाईलाई अपाङ्गता भएका विद्यार्थीले गतिलो जवाफ दिने गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको विएड प्रथम बर्षमा अध्ययरत दृष्टिविहिन गोपाल खत्रीले उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकायतर्फको आन्तरिक परिक्षामा यवस्थापन, विएड र विएमा अध्ययरत विद्यार्थीमा सबैभन्दा धेरै अर्थात ६५ प्रतिशत ल्याएर क्याम्पस प्रथम भएका छन् ।

आर्थिक  अवस्था अत्यन्त कमजोर रहेको खत्रीले निरन्तर संघर्षले क्याम्पसमै नमुना विद्यार्थी बन्न सफल भएका हुन् । क्याम्पसका उत्कृष्ट विद्यार्थी भएपनि उनको दैनिकी संर्घषपुर्ण रहेको छ । क्याम्पसकै उत्कृष्ट भएपनि उनले विहान बेलुकी राम्रोसंग खाना पाउँदैनन् ।

शारिरिक रुपमा सक्षम विद्यार्थीको विचमा अध्ययरत रहेर अपाङ्ता भएका विद्यार्थीले सबैभन्दा धेरै अंक ल्याएर क्याम्पसमै उत्कृष्ट भएको खुसीलाई उनले आफन्तसंग साटासाट गर्न समेत सकेका छैनन् । दैनिक रुपमा पर्ने आर्थिक संकटलाई सामना गनुपर्ने बाध्यताले उनको अनुहारमा कहिल्यै खुसी देखिदैन् ।

दृष्टिविहिन समेत रहेका खत्रीले क्याम्पसकै एक कर्मचारीको परिवारसंगै मासिक रकम उपलब्ध गराउने सहमतिमा खाना खाने गरेपनि तीन महिनाको खाना वापतको रकम समेत उनले उपलब्ध गराउन सकेका छैनन् । ब्रेनलिपी र केही कपी लिएर क्याम्पसमा जाने खत्रीले शैक्षिक साम्रागीको अभावमा समेत धेरै दिन आफ्ना जिम्मेबारी पुरा गर्न नसकेको खत्रीको भनाई छ ।

उच्च माविमा प्रथम श्रणीमा उत्र्तिणा भएका खत्रीले स्नातक तहको शिक्षा संकायतर्फ मेजर अगं्रेजीमा उत्कृष्ट विद्यार्थी भएकाले पढाईलाई कुनै समस्या पर्न नदिन सबैको सहयोग आवश्यकता रहेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

क्याम्पसले छात्रबृत्ति सुविधा उपलब्ध गराएको छ । नियमित क्याम्पसमा आउने गरेका खत्रीलाई क्याम्पसको सहयोगले अपुग हुने भएकाले सहयोगी मनको आवश्यकता रहेको क्याम्पस प्रशासनको भनाई छ ।

 

 

LIVE TV