२९ जेष्ठ २०७३, शनिबार

Bishnu-Poudel

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिक उपभोग्य वस्तुको भाउ बढ्नुमा बजेटको कुनै दोष नरहेको बताउनुभएको छ ।

अर्थमन्त्री पौडेलले बजेटमा महङ्गी बढाउने कार्यक्रम नरहेको दाबी गरेपनि बजेटलाई देखाएर बजार मूल्य आकासिएको छ । व्यापारीहरुले दाल, चामल, चिनी, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् ।

तर सरकारले महङ्गी नियन्त्रणका लागि कुनै कदम चालेको छैन । अर्थमन्त्री पौडेलले आफूले बजेट सार्वजनिक गर्नु पहिले नै  दोहोरो अंकको मूल्य वृद्धि रहेको भन्दै आगामी आर्थिक वर्ष मूल्य वृद्धिलाई ७ दशमलव ५ प्रतिशतमा झार्ने दाबी गर्नुभयो ।

उहाँले बजेटमा लक्ष्य लिइए भन्दा बढी मूल्य वृद्धि नहुने दाबी गर्दै त्यसका लागि आफूले कार्ययोजना बनाउन थालिसकेको बताउनुभयो ।

काठमाडौंमा एक साक्षात्कारमा पारित हुन बाँकि बजेटका कारण महङ्गी बढ्यो भन्नु औचित्यहीन भएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा लिइएको ५ खर्ब ६५ अर्बको राजस्वको लक्ष्य सजिलै पूरा हुने दाबी पनि गर्नुभयो । उहाँले केही राजनीति दल र विज्ञहरुले आलोचना गरेपनि अधिकांशले समर्थन गरेको भन्दै बजेटको शत प्रतिशत कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभयो ।

LIVE TV