२९ जेष्ठ २०७३, शनिबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले भारत ससंकित

काठमाडौँ – चिनियाँ राष्ट्रपति सि जिङपिङ असोजमा नेपालको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार असोज २९ र ३० मा भारतमा हुने बिक्स सम्मेलनमा सहभागी भएर फर्कने क्रममा राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने सम्भावना छ ।

परराष्ट्र मन्त्रालयले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्बन्धी मिति सार्वजनिक नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अवधिमा हुन लागेको भ्रमण विशेष हुने  चिनियाँ मिडियाको विश्लेषण छ ।

साथै साउथ चाइना मर्निङ पोष्टको रिपोर्टमा भनिएको छ आगामी अक्टोबर महिनामा पानाजीमा हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने छन् ।

चिनियाँ मिडियाको विश्लेषणमा लेखिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन नेपाल सम्बन्धलाई पुनसंरचना गर्ने नेतृत्व लिएका थिए ।

भर्खरै नेपाल भ्रमणमा आएका चिनियाँ सेनाका डेपुटी चिफ एडमिरल सन जिआन्गोले रक्षमन्त्री भीम रावललाई चीन भ्रमणको निम्तो दिएर गएका छन् ।

रावलको चीन भ्रमण चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारीका केन्द्रित हुने बताइएको छ । चिनियाँ सेनाका डेपुटी चिफको भ्रमणलाई चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा नेपालमा व्याख्या गरिएको चिनियाँ सञ्चार माध्ययमको बुझाइ छ ।

प्रधानमन्त्री ओलीको विदेश नीति भारतसँगै चीनलाई समेत खुशी बनाउने रहेको छ ।’ प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले सात महिनाको अवधिमा भारत र चीनको भ्रमण गरिसकेका छन् । ओलीले चीन भ्रमणकै अवधिमा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले भारत ससंकित

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको समाचार आयेसंगे भारत भने सशंकित देखिएको छ ।

भारतीय मिडिया द हिन्दुमा यस विषयमा एक रिपोर्ट नै प्रकाशित गर्दै सि जिनपिङको भ्रमणले नजिकिँदै गएको नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बन्ने विश्लेषण गरेको छ ।

‘नेपालमा संविधान जारी भएपछि देखिएको असहज परिस्थितिमा चीनले नेपालमा पेट्रोलियम पदार्थको एकाधिकार अन्त्य गरेको थियो,’ रिपोर्टमा भनिएको छ ।

गत महिना चीनको गान्सु प्रान्तदेखि नेपालको लागि मालवाहक रेल तिब्बतसम्म आएको थियो । जहाँबाट स्थलमार्ग हुँदै काठमाडौंसम्म समानहरु काठमाडौंसम्म पुर्याइएको थियो ।

LIVE TV