
गत साता रीलीजमा आएको फिल्म ‘कालो पोथी’ले एक सातामा करीब एक करोडको बक्स अफिसमा कारोबार गरेको निर्माण पक्षले बताएका छन् । बितरक कम्पनीका अनुसार ‘कालो पोथी’ले साता दिनमा एक करोड ग्रसको ब्यापार गरेको हो । उक्त फिल्म गत साता १५ वटा मल्टिप्लेक्समा लागेको थियो । काठमाडौको सोही १५ मल्टिप्लेक्सबाट ‘कालो पोथी’ले कमाइ गरेको हो ।
मौलीक कथाबस्तुलाई प्रस्तुत गरीएको फिल्म ‘कालो पोथी’ आज बाट मोफसलका हलहरुमा पनि लागेको छ । पछिल्लो समयमा नेपालकै मौलीक कथा बस्तुमा आधारीत रहेर निर्माण भएको फिल्महरुले दर्शकहरुलाई तानीरहेको छ । त्यस्तै नेपालकै मुगु जिल्ला बासिहरुले संकटकालमा भोगेका समस्याहरु प्रस्तुत गर्ने ‘कालो पोथी’ले पनि दर्शकहरुको ध्यानाकर्षण गरीरहेको छ ।
आफ्नै मौलीक कथाबस्तु र लोकल नेपाली कथालाई बिषेश प्राथमीकतामा राखेर फिल्म निर्माण गर्ने निर्माताहरुलाई ‘कालो पोथी’ले नयाँ उर्जा थपीरहेको छ । साथै दर्शकहरुले नयाँ अुनहारका कलाकारहरुलाइ पनि प्राथमीकता दिदै आईरहेका छन् । फिल्म कालो पोथीमा पनि लीड कलाकारहरु शुक्रराज रोकाय र खड्ग राज नेपाली पनि कलाकारहरुको नयाँ अनुहारमै पर्दछन् । यी दुई कलाकारहरुले फिल्ममा गरेका अभिनयले पनि दर्शकहरु हल सम्म पुगीरहेका छन् । आज बाट ‘कालो पोथी’सफलता पुर्वक दोस्रो सातामा प्रबेश गरेको छ । फिल्मलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । फिल्ममा शुक्र राज रोकाय, खड्ग राज नेपाली,बेनीशा हमाल लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई छिरीङ रीतार शेर्पाले निर्माण गरेका हुन् । अन्राष्ट्रिय फिल्म फेष्टिभलमा पनि कालो पोथीले निकै राम्रो छाप छोडेको थियो ।