२९ जेष्ठ २०७३, शनिबार

नायिका करीना कपुर पाँच बच्चाको आमा हुन्,जस्लाइ करीनाले लण्डनमा लुकाएर राखेकी छिन्, तपाईले पत्याउनु हुन्छ ? नायिका करीना आफैले प्रेगनेन्सिको खबरलाई खण्डन गरेकी छिन् ।
केही समय देखी समाचारहरुमा आएको करीनाको प्रेगनेन्सिको समाचारलाई तोड्दै उनले इन्डियन एक्सप्रेस सँगको अन्तवार्तामा उक्त कुरा खुलाएकी हुन् ।

sarian

उनले अन्तरवार्तामा “म पनि एक महीला हुँ । भगवानको दया सँग म पनि यहि चाहन्छु । तर, अहिले म सँग यसकोे बारेमा बोल्ने शब्दनै छैन ।” करीनाले आइरहेको उनको प्रेगनेन्सिको समाचारलाई प्रत्युत्तरको अन्दाजमा बोलीन् । “जुन प्रकारको मेरो प्रेगनेन्सिको समाचार आईरहेको छ, उक्त समाचारलाई लिएर म निकै एक्साईटेड छु । अहिले मलाई यस्तो लागीरहेको छ की, म पाँच बच्चाको आमा हुँ, जस्लाई मैले लण्डनमा लुकाएर राखेकी छु ।”

करीनाको जुन प्रेगनेन्सिको खबर आएको थियो, त्येतिखेर करीना र पति सैफ अली खान छुट्टि मनाउन लण्डन पुगेका थिए । यसै दौरानमा करीना पनि केही मोटाएकी थिईन् । त्यसैले करीनाको वजनदार लुक्सबाट मिडीयाहरुले उनि प्रेगनेन्ट रहेकी समाचार सम्प्रेसन गर्न थालेका थिए ।
तर अब भने करीनाको प्रेगनेन्सिको कुरा क्लियर भएको छ । करीना आफैले उक्त कुरा मिडिया बाट क्लियर गरेकी हुन् ।

LIVE TV