२८ जेष्ठ २०७३, शुक्रबार

Dang_district_location

दाङ, दाङको तुलसीपुर घोराही सडकखण्डको विजौरीमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सल्यान स्थायी घर भई हाल सशस्त्र वेस क्याम्प भालुवाङ दाङमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार सन्तोष बादी र उनकी श्रीमती ज्योति बादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु२प ३२३८ नम्बरको ट्र्याक्टरले तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बादीको परिवार सवार रा२प १५३८ नम्बरको मोटरसाइकललाई आज साँझ ६ बजेतिर बिजौरी–५ बिजौरीको ओरालोमा ठक्कर दिएको थियो ।

घाइते बादीका श्रीमान् श्रीमतीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा भोलाराम श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार उनका ८ वर्षीय छोरा समीर बादी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार अञ्चल अस्पतालमा भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV