२८ जेष्ठ २०७३, शुक्रबार

सात वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा ल्याउन सरकारले बेवास्ता गरेको छ । सरकारी स्वामित्वको संस्थानका रूपमा रहेको नेपाल औषधि लिमिटेड सञ्चालनका लागि पटकपटक उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पेश गर्दासमेत सुनुवाइ भएको छैन ।

संस्थान सञ्चालनका लागि दर्जनभन्दा बढी प्रस्ताव तयार भए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन नसकेको हो ।

जीवनजल, स्लाइन, डायलाइसीस् फूडलगायत १ सय २० प्रकारका औषधि उत्पादन गरेर देशभित्र बिक्री वितरण गर्ने गरेको भएपनि अहिले यो इतिहासमा मात्रै सिमित बनेको छ ।

दक्ष जनशक्ति र महंगा मेसिनहले औषधी उत्पादन गर्न सक्ने अवस्थामा भएको नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउन सबैतिरबाट सरकारलाई दवाव परेको छ । लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्योग सञ्चालनका लागि आफुहरु पहल गरिरहेको बताउनुभयो ।

नेपाल औषधि लिमिटेड सञ्चलानमा आउने हो र पहिलेकै गतिमा औषधि उद्पादन हुने हो भने नागरिकले गुणस्तरिय औषधि सर्वसुलभ मुल्यमा पाउने थिए । र बेला बेलामा औषधिको अभाब व्यहोर्नु पर्ने अवस्थाबाट पार पाइने थियो ।

उच्च गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मुल्यमा देशभर उपलब्ध गराउदै आएको नेपाल औषधि लिमिटेड २०५८ सालसम्म नाफामा चलेको थियो ।  २०६० सालसम्म १ सय २० किसिमका औषधिहरु उत्पादन गर्दै आएको नेपाल औषधि लिमिटेड अहिले दुई किसिमका उत्पादनमा सीमित भएको छ । नेपाल औषधि लिमिटेडले अहिले डिस्टिल वाटर मात्र उत्पादन गरिरहेको छ ।

स्रोत र साधन अनि दक्ष जनशक्ति हुँदा हुँदै पनि सरकारले सरकार कै स्वामित्वको स्वदेशी उद्योग संचालन मा  बेवास्ता गर्नुले आम नागरिकमा शंका उत्पन्न भएको छ ।

 

LIVE TV