
लगानीको वातावरण बनेसंगै नेपालप्रती विदेशी चासो बढ्यो, दर्जनौ अन्तराष्ट्रिय कम्पनीहरु लगानीको आशयसहित नेपाल आए
-संविधानको कार्यान्वयन र मुलुकको समृद्धिलाई केन्द्रमा राखेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले लगानीको वातावरण तयार गर्दै गएको छ । जसका कारण केही महिनायता दर्जनौं अन्र्तराष्ट्रिय कम्पनीहरु लगानीको आशयसहित नेपालमा आएका छन् । नेपालको विकासको लागि बाह्रय लगानीको अपेक्षा गरिएका बेला यस किसिमका संकेतहरु निकै सकरात्मक भएको टिप्पणी गरिएको छ ।
सरकार प्रमुख बनेपछि ओलीले मुख्यरुपमा केन्द्रीत गरेको एउटै विषय हो मुलुको समृद्धि । नया संविधानले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गरेपछि अबको ध्यान समृद्धिकै एजेन्डामा हुुनुपर्ने ओलीको दावी छ । उँहाले मुलुकभित्रका विज्ञहरु एवं अन्र्तराष्ट्रिय समूदायलाई समेतसंग छलफल गरी विकासको योजना र खाकावारे विस्तृत छलफल गरिसकेको ओली आँफैले बताउँनुभएको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण आर्थिकरुपमा त्यति सुखद नभएपनि चीन भ्रमण चाँहि नेपालको विकासको लागि ऐतिहासिक नै भयो । चीनसंग गरिएका महत्वपूर्ण सम्झौताहरुले नेपालमा बाह्रय लगानी बढाउने र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास धेरैले गरेका छन् ।
नेपालमा पेट्रोलियम पदार्थको उत्खनन्, खनिज पदार्थहरुको अनुसन्धान एवं उत्खनन र नेपालका व्यापारिक प्रतिष्ठानमा लगानी बढाउने गरी अध्यनकोलागि चिनिया टोली नेपाल आईसकेको छ । चिनिया पक्ष निकै सकरात्मक देखिएको र चाँडै लगानी सम्झौता हुन सक्ने नेपाली अधिकारीहरुले बताएका छन् ।
नेपाल भित्र रेल्वे सेवा निर्माणमा चिनियाँ सरकारले सहयोग गर्ने सहमतिसँगै विभिन्न चिनियाँ कम्पनीले अग्रसरता बढाएका छन् । एउटा चिनियाँ कम्पनीले काठमाडौं–पोखरा रेल्वे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा सरकारलाई बुझाएको छ भने अर्को चिनियाँ कम्पनीले रसुवागढी–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरेको छ ।
त्यस्तै गरी फान्सवाट बहुराष्ट्रिय कम्पनीका प्रतिनिधीहरु नेपाल आई नेपालमा विभिन्न स्थानहरुमा केवुल कार सञ्चालनवारे नेपाली पक्षसंग छलफल गरेका छन् । लगानीको वातावरण र सरकारी नीतिवारे गहिरो चासो राखेको फ्रेन्च कम्पनी नेपालमा लगानी विस्तार गर्न सकरात्मक देखिएको बताईएको छ । यस्तै गरी छिमेकी भारतको केही कम्पनीहरु लगाएत अष्ट्रेलिया, जापान, थाईल्यान्ड, जर्मनी लगाएतका बहुराष्ट्रिय कम्पनीहरुले मूख्य गरी पूर्वाधार निर्माण, जलविद्युत र खनिज क्षेत्रमा चासो देखाई नेपाल सरकारसँग कुराकानी गरिरहेको नेपालका अधिकारीहरुले बताएका छन् ।
ढिलै भएपनि ओली सरकारले मुलुकमा समृद्धिको एजेन्डालाई केन्द्रमा राखि आन्तरिक एवं बाह्रय लगानीकोलागि वातावरण तयार गरिरहेको छ । यो सकरात्मक कदम हो ।