
चितवन, जिल्ला अदालत चितवनले तीन जनालाई आज जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत चितवनका प्रवक्ता गम्भीर घिमिरेका अनुसार जन्मकैद सजाय पाउनेमा नवलपरासी दुम्कीबासका १७ वर्षीय निमे पुनमगर, २० वर्षीय मिलन पुनमगर र भरतपुर नगरपालिका–३ का १७ वर्षीय सन्दिश रानामगर रहेका छन् ।
उनीहरुले बारा गढिमाई–१७ का १८ वर्षीय मनोज खड्कालाई हत्या गरेको पुष्टि भएपछि जन्मकैदको फैसला सुनाइको जिल्ला अदालतका प्रवक्ता घिमिरेले बताउनुभयो ।
छोराको ज्यान गएपछि बुबा काशीराम खड्काले जिल्ला प्रहरी कार्यालय चितवनमा गएको मङ्सिर १५ गते उनीहरु विरुद्ध उजुरी दिनुभएको थियो ।
गएको मङ्सिर ९ गते राति सुतिरहेको बसभित्र तीन जना युवाले फलामको रड प्रहार गरेर मनोजलाई घाइते बनाएका थिए । उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ज्यान गएको थियो । रासस