२८ जेष्ठ २०७३, शुक्रबार

 

आज बिहान अँध्यारैमा काठमाडौको वालाजुमा ट्याक्सी खोलामा खस्यो । अचम्म यो थियो कि बिहान दुई वजेतिर खोलामा खसेको ट्याक्सीभित्रै चालक विहान ८ बजेसम्म निदाइरह्यो र स्थानीय र प्रहरी पुगेपछि फरार भयो । प्रहरीले यसबारेमा अनुसन्धान शुरु गरेको छ ।

ट्याक्सीले कहिल्यै पानी पिउदैन । बरु, चालकले पिउन सक्छ । चालकले पनि यति धमिलो पानी पिउनु नपर्ने हो । अनेक आशंकाहरु उब्जन्छ यो दृश्यले ।

– फोटो : हरिश क्षेत्री

कालोपत्रे सडकमा गुड्ने ट्याक्सी २० मिटर तल खोलामा डुबेको छ । वा १ च १०४६ नम्वरको सेतो मारुती ट्याक्सी । झाडीहरु लटार्दै जतनसाथ पानीमा पार्किङ गरिरहेको झैं देखिन्छ ।

किनभने चालक यही दुर्घटनाग्रस्त ट्याक्सीभित्रै मीठो निद्रा सुते । अर्थात करिब ४ घण्टाजति । न प्रहरीलाई खवर गरे, न अरु कसैलाई । सर्वसाधारणले देखेपश्चात भने उनी फरार भए ।

खोलामा जोतिएको यो ट्याक्सीको दृश्य वालाजु काठमाडौको हो । शुक्रवार विहान करिव दुई वजेतिर ट्याक्सी खोलामा खसेको प्रहरीको भनाई छ । मादक पदार्थ सेवन, निद्रा या अन्य कुनै कारणले ट्याक्सी दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

चालकको लापरवाहीको परकाष्ठाको दृश्य हो यो । मुलुकमा वृद्धि भैरहेको सडक दुर्घटनामा पक्कै सवारी चालकहरु पनि जिम्मेवार छन् ।

तर प्रहरी कार्यलयवाट केही मिटरको दूरीमा रहेको यहाँ पुग्न प्रहरीलाई पनि त्यति नै समय लाग्यो, जति समय चालकले ट्याक्सीमा निदायो ।

taxi

 

 

 

LIVE TV