२८ जेष्ठ २०७३, शुक्रबार

सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा बनिरहेको ड्रेन निर्माणमा कमसल काम भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन ।

इटहरी उपमहानगरको ५० लाख बिनियोजनमा बनिरहेको ड्रेनमा सम्झौता अनुसारको निर्माण सामाग्री प्रयोग नगरेको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।

ईंटा विच्छ्याएर निर्माण गर्नुपर्ने ड्रेनमा कमसल ढुंगा विच्छ्याएर काम अघि बढाइएको छ भने नियम मिचेर निर्माण समितिका अध्यक्ष रहेका शेखर चौधरीले आफ्नै कम्पनीमा ठेक्का पारेर काम गरेका छन् ।

निर्माण समितिमा रहेका कुनैपनि पदाधिकारीको निर्माण कम्पनीले काम गर्न नपाउने नियम हुन्छ तर चौधरीको रिना निर्माण सेवा कन्ट्रक्सन कम्पनीले नै ड्रेन निर्माणको काम गरिरहेको छ । नक्साङ्कनको काम पनि प्राविधिक विना नै भइरहेको पाइएको छ । ड्रेन निर्माण भएको ४ दिन मै ड्रेनमा पानी जमेको छ । जस कारण ड्रेन बलियो नभएको बताइएको छ ।

यता निर्माण समितिका अध्यक्ष शेखर चौधरीले ड्रेन निर्माण कुनै पनि कमसल काम नभएको दाबी गर्नुभएको छ । उपमहानगरपालिले नियमित रुपमा ड्रेन निर्माणको अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

इटहरी उपमहानगरपालिका ७ को पशुपति मन्दिर देखि विद्युत कार्यालय हुँदै सतन मार्गसम्म ड्रेन निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV