२८ जेष्ठ २०७३, शुक्रबार

आफु सहमतिको पक्षमा भएपनि बाँडिचुडी खानका लागि सहमति नगर्ने देउवाको भनाई

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सहमतिको सरकारका पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले सबै मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार गठन नहुने बताउनुभयो ।

नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घघाटन गर्दै सभापति देउवाले काँग्रेसले सत्ता बाहेक अरु खोज्दैन भन्ने आरोप गलत भएको बताउँनुभयो ।

सत्ता गठबन्धनमा रहेको एक पार्टीले सरकारमा बस्दैनौँ, सरकार हटाउन चाहन्छाँै भनेपछि आफ्नो पार्टीले नयाँ सरकारका लागि कदम चालेको उँहाले दाबी गर्नुभयो । चाँडो सरकार परिवर्तनले मुलुकमा अस्थिरता बढाउनेप्रति आफु सचेत रहेको देउवाको भनाई थियो ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमतिको आवश्यकता रहेको औँल्याउनु भएको भयो ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने धारणा राख्दै यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । सरकार परिवर्तनतिर लागेर जनताको चाहना विरुद्ध माओवादी केन्द्र लागेको भन्ने आरोप निराधार भएको महराको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV