२८ जेष्ठ २०७३, शुक्रबार

 

टीमलाई थप मजबुत बनाउन जुलाई दोस्रो साता नेपाली टोली बेलायत जाने

Nepali-Cricket-1

नेदरल्याण्डविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनपसीप अन्तर्गत नेपालले साउन अन्तिममा नेदरल्याण्डसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले नेपाली टोलीलाई हेरिरहेको छ ।

आईसीसीले नेदरल्याण्ड भ्रमणको तयारी थाल्नका लागि केही दिन अगाडि निर्देशन सहीतको पत्र पठाएको थियो । आईसीसीको पत्र आएपछि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गरेको प्रशिक्षक जगत टमटाले बताउनुभयो ।

टिमलाई थप बलियो बनाउन जुलाई १२ मा नेपाली क्रिकेट टोली बेलायत जानेछ । जुलाई १९ तारिखमा बेलायतको पुरानो क्रिकेट कल्ब एमसीसीविरुद्ध लर्डसमा एक खेल खेल्नेछ, भने बाँकी केही खेल स्थानीय टीमसँग खेल्ने कप्तान पारश खड्काले बताउनुभयो ।

बन्द प्रशिक्षणका लागि २४ जना खेलाडीलाई बोलाइएको छ ।  बैशाख पहिलो साता काठमाडौंमा नामिबियाविरुद्ध खेल्दा टोलीमा परेका १४ र चार बैकल्पिक खेलाडी स्वतः बन्द प्रशिक्षणमा परेका छन् । साथै केही नयाँ फास्ट बलरहरुलाई बोलाउने प्रशिक्षक टमटाले बताउनुभयो ।

नामिबियाविरुद्ध खेल्दा नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, राजेश पुलामी, राजु रिजाल, सुशन भारी र सन्दीप लामिछाने टोलीमा थिए । विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिकमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV