२८ जेष्ठ २०७३, शुक्रबार

यातना दिएको अभियोगमा अन्तराष्ट्रिय क्षेत्राधिकार अन्र्तगत युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्ध दुई नेपालीहरुको बयान सुरु भएको छ ।

कपिलवस्तुको गोरुसिंगेमा यातना पाएका जनक राउत र करम हुसैनले आजा लामाविरुद्ध अन्तिम फैसलाका लागि बयान दिएका छन् ।

गत सोमबारबाट लन्डनस्थित फौज्दारी अदालत ओल्डवेलीमा जस्टिज स्वीनीको इजलासमा सुनुवाईसम्बन्धी प्रकृयामा सुरु भएको थियो । बयान दिन अभियोजन पक्षको तर्फबाट राउत र हुसैन लण्डन गएका हुन् ।

यातना दिएकोबारे राउत र हुसैनले बयानपछि अव मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ । लामाको सुनुवाई चार सातासम्म चल्नेछ ।

उनीहरुले कर्णेल कुमार लामाले सन् २००५ मा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित सैनिक व्यारेकमा थुनामा रहेका बेला आफूलाई आँखामा पट्टी लगाई चरम यातना दिएको जिकीर गर्दै आएका छन् ।

सुडान मिसनमा कार्यरत रहेको बेला उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए । पछि उनलाई धरौटीमा रिहा गरिएको थियो । धरौटीमा रिहा गरिए पनि लामालाई बेलायत बाहिर भने जाने अधिकार दिइएको थिएन ।

LIVE TV