२८ जेष्ठ २०७३, शुक्रबार

प्रत्येक साता दुई वा सो भन्दा बढि फिल्महरु हलमा लाग्ने गथ्र्यो तर साता भने हलमा फिल्म ‘गाजलु’ मात्र लागेको छ । त्यस्तै गत साता रीलीजमा आएका फिल्महरु पनि प्रदर्शन भईरहेका छन् । यो साता दर्शक सामु प्रदर्शनमा आएको गाजलुलाई रोहीत अधिकारीको निर्माणमा हेम राज बिसिले निर्देशन गरेका हुन् । फिल्म गाजलुको युनिटले आफ्नो अतिथीहरुको लागी कुमारी हलमा प्रिमियर पनि गरेका थिए । प्रिमियरमा कलाकारहरुले अतिथीहरुलाई साथ दिएका थिए । फिल्मले पुर्व कुमारीको बिषयबस्तुलाई पर्दामा पनि प्रस्तुत गरेको छ । अतिथीहरुले फिल्म हेरी सकेपछि फिल्म पुर्ण रुपमा मनोरञ्जनात्मक रहेको प्रतिकृया पनि दिए ।

gajalu poster
रोहीत अधिकारी फिल्मस् र बिसि मोशन फिक्चर्सको ब्यानरमा निर्माण गरीएको गाजलुलाई हर्कुलस बस्नेत तथा काली प्रसाद बास्कोटाले शब्द तथा संगीत दिएका छन् । कुमारीको कथाबस्तुलाई प्रस्तुत गर्ने गाजलुमा अनमोल केसि,गौरब पहारी,सलोन बस्नेत,श्रृष्टि श्रेष्ठ, मेनुका प्रधान,गौरी मल्ल, कृष्ण मल्ल,बिश्व बस्नेत,ऋतिक शाही लताएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाइ गोबिन्द शाहीले काठमाडौंमा र एफ डि कम्पनीले काठमाडौं बाहीर बितरण गरेका हुन् ।

arasd
त्यस्तै यसै साताबाट बलिउड फिल्महरु तीन, दो लोफ्जनकी कहानी र मदारी पनि रिलीजमा आएका छन् । फिल्म तीनलाई सुजय घोष,सुरेश नाईर,समीर राजेन्द्र लगाएतको निर्माणमा रिभु दस्गुप्ताले निर्देशन गरेका हुन् । फिल्मको कथालाई बिजय जयाराजन र सुरेश नाईरले लेखेका हुन् । फिल्ममा अमिताभ बच्चन, नवाजुद्धिन सीद्धिकी, बिध्या बालन लगाएत कलाकारहरुले अभिनय गरेका छन् ।
त्यस्तै अर्को बलिउड फिल्म दो लफ्जोनकी कहानी पनि यसै साता बाट दर्शकमाझ प्रस्तुत भएको छ । फिल्ममा काजल अगरवाल र रणद्धीप हुड्डा लीड रोलमा रहेका छन् । फिल्मलाई अभिनास भि राई को निर्माणमा दीपक तीजारीले निर्देशन गरेका हुन् ।
फिल्म मदारी पनि दर्शक सामु प्रस्तुत भएको छ । फिल्मलाई शैलेश सिंह,मदन पालीवाल,सुतापा सिक्दारको निर्माणमा नीशीकान्त कमातले निर्देशन गरेका हुन् । फिल्ममा ईर्फान खान र जीम्मी शेर्जीलले लीड रोलमा अभिनय गरेका छन् ।

rasdsd
यसै साताबाट तीन हलीउड फिल्महरु नाउ यु सि मी २,द कन्जरीङ २, र वारक्र्याफ्ट पनि रलीजमा आएका छन् । फिल्म नाउ यु सि मी २ लाई अलेक्स कुर्टज्म्यान र रोबेर्टो अर्सिको निर्माणमा जोन चु ले निर्देशन गरेका हुन् । फिल्ममा मार्क रुफेल्लो,डेभ फ्रान्को,उड्डी ह्यारेलसन,जेस्सि ईसिनबर्ग लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
त्यस्तै द कन्जरीङ २ पनि दर्शक सामु प्रदर्शनमा आएको छ । फिल्ममा प्रतिक विल्सन,भेरा फार्मीगा, फ्रान्सेस ओ कोन्नरले अभिनय गरेका छन् । फिल्मलाई जेम्स वानलेनिर्देशन गरेका हुन् ।
अर्को फिल्म वारक्र्रयाफ्ट पनि दर्शक माझ प्रदर्शनमा आएको छ । फिल्मलाई ढुकेन जोन्सले निर्देशन गरेका हुन् । बेन फोस्टर, पाउला पट्टन,डोमीनीक कुपर,टोबी केब्बेल फिल्मको लीड कलाकारहरु हुन् । फिल्मलाइ जोन जान्स्नी, चार्लीज रोबेन र थोमस टुलले निर्माण गरेका हुन् ।

LIVE TV