२८ जेष्ठ २०७३, शुक्रबार

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा पनि चार दिने भारत भ्रमणका लागि आजै दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल भारतबीच विग्रदो सम्बन्ध सुधार्नु उपप्रधानमन्त्री थापाको भ्रमणको मूख्य उदेश्य रहेको बताइएको छ ।

सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन परराष्ट्रमन्त्री थापा आज विहान भारत प्रस्थान गर्नुभएको हो । नेपाल सार्क मन्त्रिपरिषद् अध्यक्ष रहेकाले त्यसैको हैसियतमा आगामी समारोहमा भाग लिन थापा भारत जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी सुष्मा स्वराज सहित महत्वपुर्ण राजनीतिक भेटवार्ता समेत गर्नुहुने कार्यक्रम तय भएको छ । भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु रहेको बताइएको छ ।

नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा थापाले भारत भ्रमण गर्न लाग्नुभएको यो चौथो पटक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन । मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ ।

LIVE TV