२८ जेष्ठ २०७३, शुक्रबार

गोपिकृष्ण मुभिजका हलबाट फिल्म ‘गाजलु’लाई निर्माण पक्षले नचलाउने निर्णय गरेका छन् । मर्निङ शोमा फिल्म ‘गाजलु’लाई हेर्न आएका सयौ दर्शकहरुलाई ‘हल प्याक’ भएको भन्दै अन्य फिल्मको टिकट थमाएपछि गोपिकृष्ण बाट गाजलुलाई नलगाउने निर्णय गरीएको निर्माता रोहीत अधिकारीले बताए । बिहानको शो चलाए पनि दर्शकहरुका फ्लो अनुसारको हल उपलब्ध नगराएको कारण निर्माता रोहीत अधिकारीले ११ बजेको शोदेखि ‘गाजलु’ लाई गोपिकृष्णमा नलगाउने निर्णय गरेका हुन् । तर, गोपिकृष्ण बाहेकका अन्यहलहरुमा भने उक्त फिल्म लागीरहेको छ । आफ्नो दर्शकहरुलाई पनि गोपिकृष्ण मुभिजका फिल्महरु र किनेर ल्याएका बलिउड फिल्महरुका लागी गाजलु फिल्मलाई ठुलो हल नदिएकोमा निर्माता रोही अधिकारी आक्रोशित भएको हुन् । गोपिकृष्ण हलले आफुहरुलाई अन्याय गरेको बताउँदै सबै दर्शकहरु सँग क्षमा माग्दै उक्त हलमा गाजलु फिल्म शो नगरीने जानकारी गाराएका छन् ।
sdgfd

गोपिकृष्ण मुभिजले पहिले पनि कबड्डी फिल्मलाई यस्तै गरेको थियो । कबड्डी फिल्मका निर्माताहरु निश्चल बस्नेत र माबध वाग्लेले पनि पहिलो दिनको दोस्रो शो मै आफ्नो फिल्मलाई उतारेका थिए । गोपिकृष्ण मुभिज आफुले किनेको र निर्माण गरेका फिल्महरुलाई प्राथमीकतामा राख्र्दै अरु फिल्मलाई पाखा गर्ने गोपिकृष्णको प्रवृत्तिबाट नेपाली फिल्मकर्मी पहिले देखिनै हैरानको मारमा परिरहेका छन् ।
रोहीत अधिकारीको निर्माणमा गाजलुलाई हेमराज बिसिले निर्देशन गरेका हुन् । फिल्मले कुमारी प्रथाको कथाबस्तुलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्म गाजलुमा अनमोल केसि,सलोन बस्नेत,श्रृष्टि श्रेष्ठ,मेनुका प्रधान,गौरब पहारी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV