
शेयर बजार अहिले सम्मकै उच्च अँकले बृद्धि भएको छ ।
बिहिवार नेप्से परिसुचक १९ अँकले बढेर १ हजार ५ सय ६६ अँक भन्दा बढीले बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको छ ।
बिहिवार शेयर बजारमा अहिले सम्म कै उच्च अँकले नेप्से परिसुचक बढ्दा शेयर बजार १ हजार ५ सय ६६ अँकमा कारोवार भएको छ ।
१९ अँक भन्दा बढीले बढेको शेयर कारोवार १ अर्व ९० करोड बराबरको भएको छ । विमा ब्यवसायमा भएको सुधारको कारण समग्र शेयर कारोवार बढेको हो ।
कारोवार रकमको आधारमा हेर्ने हो भने पनि यो अहिले सम्म कै सवै भन्दा बढी कारोवार भएको हो । शेयर बजारमा बिमा कम्पनीहरुमा भएको भारी बृद्धिको कारण समग्र शेयर कारोवार उकालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।