२७ जेष्ठ २०७३, बिहीबार

 

द्धन्द्धग्रस्त मुलुक सोमालियाका अल सवाव विद्रोहीले गरेको आक्रमणमा परी कम्तिमापनि ४३ जना इथियोपियन सैनिकहरुको मृत्यु भएको छ । आक्रमणमा अल सवावतर्फ पनि ठूलो क्षती भएको बताईएको छ ।

सोमालियामा तैनाथ अफ्रिकन सैनिक मिसनका सैनिकहरुको व्यारेकमाथि अल सवाव विद्रोहीहरुले भीषण हमला गरेका थिए । चारैतिरवाट घेरा हाली गरिएको आक्रमणमा इथियोपियाकोतर्फवाट सैनिक मिसनमा सहभागी सैनिकहरुको मृत्यु भएको हो । सञ्चार माध्यामहरुले जनाए अनुसार मृत्यु हुनेमा ४३ इथियोपियाली सैनिकहरु रहेका छन् । आक्रमणमा परी कम्तिमा पनि एक सय भन्दा बढी सैनिकहरु घाईते भएका छन् ।

आक्रमणकाक्रममा अल सवावतर्फपनि केही क्षती भएको अल सवावका प्रवक्ता शेख अव्दियसिस अवु मुसावले बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । तर सोमालिया सरकारले भने अफ्रिकन सैनिक मिसनमा आवद्य सेनाहरुको जवाफी कारवाहीमा १ सय २० भन्दा बढी अल सवावका लडाकुहरुको मृत्यु भएको छ । घटना भएको स्थान सोमालियाको राजधानी मोगाधिसुवाट तीन सय किलोमिटरको दूरीमा रहेको छ ।

विगत एक दशकयता अल सवावको आक्रमणको कारण सोमालिया राजनीतिकरुपमा मात्र अस्थिर भएको छैन् । आर्थिक स्थिती निकै कमजोर भई गरिवी र बेराजगारी समस्या अत्याधिक बढ्दै जादा मानवीय संकछ विकराल हुँदै गएको सञ्चार माध्यामहरुले जनाएका छन् ।

सोमालियालाई इस्लामिक मुलुक घोषणा गर्ने उद्धेस्य रहेको अल सवाव विद्रोहीले सोमाली सरकारलाई पश्चिमाहरुको कठपुतली भन्दै आक्रमण बढाउँदै लगेको छ । हिंसा बढ्दै जाँदा अफ्रिकन युनियनले शान्ति सेना सोमालियामा तैनाथ गरेपनि शान्ति कायम हुन सकेको छैन् ।

LIVE TV