२७ जेष्ठ २०७३, बिहीबार

बैंक र अनुदान पाउने घरधनीको क्षेत्रगत विभाजन गरी रकम वितरण गरिदैं

punanerman pradhikaran

–  भूकम्पपीडित १ लाख ७१ हजार ६ सय ७७ घरधनीहरुले पहिलो किस्ताको अनुदान रकम सिँधै बैंकवाट पाउने भएका छन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंकमार्फत वितरण गर्न स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएसंगै भूकम्पपीडितले सिधै बैंकबाट अनुदानको किस्ता रकम पाउने भएका हुन् ।

विभिन्न बैंकहरुसँग भएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाउन लागिएको प्राधिकरणले जनाएको छ । अनुदान रकम वितरणका लागि प्राधिकरणले यस अघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ ।

प्राधिकरणले मनसुन अगाडी नै भूकम्पपिडीतलाई सामुहीक आवासमा राखिसक्ने गरि काम अगाडी वढाईरहेको जनाएको छ । सामुहिक आवास निर्माणको कामको जिम्मा नेपाली सेना र शहरी विकास मन्त्रालयलाई दिएकोले बर्खा अगाडी नै सामुहिक आवास निर्माणको काम सम्पन्न भइसक्ने प्राधिकरणको दावी छ । यसअघि प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधिकरणको कामकारवाही प्रति असन्तुष्ट्रि समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV