२७ जेष्ठ २०७३, बिहीबार

पोखरा, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माआवादीद्वारा घोषित आजको बन्द सफल पार्न हिँडेका ४२ जना कार्यकर्तालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

बजार बन्द गराउँदै हिँडेका माओवादी कार्यकर्तालाई पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, लेखनाथ नगरपालिकाको तालचोक, गगन गौडालगायतका स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष मिलन राईसहित ४२ जना छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV