२७ जेष्ठ २०७३, बिहीबार

woodकाठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पपीडित जनताको घर निर्माणका लागि चाँडो काठ उपलब्ध हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भूकम्पपीडित जनतालाई ९० प्रतिशत सहुलियतमा काठ उपलब्ध गराउन वन मन्त्रालय लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “काठको अभावले भूकम्पपीडित जनताको घर बनाउने काम रोकिँदैन ।

मन्त्री सापकोटाले भूकम्प प्रभावित जनतालाई काठ वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला वन अधिकृत सदस्य रहने गरी समिति गठन गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले विदेशबाट बर्सेनि करोडौँ काठ आयात हुने गरेको उल्लेख गर्दै आयातलाई कम गर्न उमेर पुगेका तथा झाडी क्षेत्रलाई हटाएर साना बिरुवा रोप्ने र काठको उत्पादनलाई बढाउने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो – “वैज्ञानिक वन व्यवस्थापनले काठको आयातलाई रोक्नेछ ।”

मन्त्री सापकोटाले भूकम्पपीडितलाई सरकारले दिन लागेको रु दुई लाख र निब्र्याजी रु तीन लाख असार मसान्तसम्म दिइसक्ने दाबी गर्नुभयो । उहाँले सो रकम जनतासम्म पु¥याउनका लागि ५८ वटा बैंकसँग सम्झौता भइसकेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दल एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार वर्तमान आवश्यकता भएको बताउनुभयो ।

LIVE TV