२७ जेष्ठ २०७३, बिहीबार

Policeकाठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका कारण सास्तीमा परेका यात्रुको सहजताका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । बिहिबार बन्दको मारमा परेका यात्रुुलाई ध्यानमा राखेर नेपाल प्रहरीले काठमाडौंका दुईवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

प्रहरीले यात्रुुलाई निःशुल्क रुपा सेवा प्रदान गरेको बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, न्युरोडसम्म चल्ने छ ।

नक्साल, नारायणगोपाल चोक, लाजिम्पाट, लैनचौर, सहिदगेट, त्रिपुरेश्वर, माइतिघर, बबरमहल, तीनकुने, कोटेश्वर, गौशाला, मैतिदेवी हुँदै नक्सासम्म अर्को रुटको बस चल्ने प्रहरीले जनाएको छ । विहान १० बजेबाट सुरु भएको बस सेवा साँझ ५ बजे सकिने छ ।

LIVE TV