२७ जेष्ठ २०७३, बिहीबार

राजु पौडेल
झापा । पूर्वी नेपालकोे झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गलगायतका जिल्लाका सर्वसाधारणलाई स्वास्थ्योपचारका लागि जबर्जस्त भारत रिफर गरिने प्रवृत्ति अस्वभाविक बढेको छ । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा रहेका अस्पतालका एजेन्टहरु नेपालमा सक्रिय छन् र तिनीहरुले जबर्जस्त नेपालका विरामीलाई भारत लैजान दबाब र प्रभावमा पार्ने गरेका छन् । र, यसको मार ती सर्वसाधारणलाई परेको छ र उनीहरु महंगो शुल्क तिरेर भारतमा गइ उपचार गर्न वाध्य छन् । र, हामीसँग यसबारेका प्रशस्त प्रमाणहरु छन् ।

2दृश्य नम्बर एक
झापामा रहेको नेपाल बैंकको मुद्रा सटही काउन्टर हो यो । र, उनी उपचारका लागि भारत जान लागेकी महिला मिरावती राजवंशी हुन् । उनलाई सन्चो नभएपछि उपचारका लागि भारत जान चाहिने भारतीय मुद्रा सटहीका लागि उनी यहाँ आएकी हुन् ।

केही दिनदेखि विरामी परेका कारण उपचार गराउन सीमावर्ती पानी ट्यांकीमा जानका लागि नेपालका डक्टरहरुले सिफारिस गरेकाले उनी रकम साट्न यहाँ आएकी हुन् र उनले भारत जानुको वाध्यता खुलाईन् । यही काउन्टरमा भेटिएकी अर्की महिला, जसको श्रीमान् नशा रोगबाट पीडित छन् । श्रीमान्को उपचार र औषधी किन्नका लागि भारतै जानुपर्ने बनाइएकाले उनी भारतीय रुपैयाँ साट्न यहाँ आएकी हुन् ।
यी त केही प्रतिनिधी उदाहारण मात्रै हो । पछिल्लो समय सीमावर्ती जिल्लाहरुबाट उपचारका लागि भारत जानेहरुको भीड नै लाग्ने गरेको छ

केही दिनदेखि विरामी परेका कारण उपचार गराउन सीमावर्ती पानी ट्यांकीमा जानका लागि नेपालका डक्टरहरुले सिफारिस गरेकाले उनी रकम साट्न यहाँ आएकी हुन् र उनले भारत जानुको वाध्यता खुलाईन् । यही काउन्टरमा भेटिएकी अर्की महिला, जसको श्रीमान् नशा रोगबाट पीडित छन् । श्रीमान्को उपचार र औषधी किन्नका लागि भारतै जानुपर्ने बनाइएकाले उनी भारतीय रुपैयाँ साट्न यहाँ आएकी हुन् ।
यी त केही प्रतिनिधी उदाहारण मात्रै हो । पछिल्लो समय सीमावर्ती जिल्लाहरुबाट उपचारका लागि भारत जानेहरुको भीड नै लाग्ने गरेको छ।

झापास्थित नेपाल बैंकको काउन्टरमा भारतीय रकम साट्न दैनिक ५० देखि ६० जना मानिस आउँछन् ती मध्ये २० देखि २५ जना मानिसले उपचारका लागि रकम साट्ने गरेका छन् । र, विरामीको प्रकृति हेरि वैंकले ५ देखि १० हजार भारतीय रुपैयाँसम्म प्रतिविरामी रकम साटिदिने गरेको छ । र, दैनिक सरदर एक लाख भारतीय रुपैयाँ उपचारका लागि यही बैंक भएर भारत जाने गरेको डरलाग्दो तथ्याक छ बैंकसँग ।
यो त नेपाल बैंकको मात्रै तथ्याक हो । नेपाल बैंकबाट दिइने रकम १२ बज्दा नबन्दै सकिन्छ र मानिसहरु झापामा रहेका २४ ओटा मनि एक्सेन्जर र केही दलालहरुसँग रकम साट्न वाध्य हुन्छन् । यसबाट स्पष्ट हुन्छ कि झापाबाट मात्रै दैनिक एक लाख भारु भन्दा धेरै रकम उपचारको नाममा भारततर्पm गइरहेको छ ।

दृश्य नम्बर २
3यो भारतको सिलीगुढीस्थित नर्थ वेङगल न्यूरो सेन्टर हो । र, यहाँ उपचार गराउन आएका यी नेपाली विरामीहरु थिए । नेपाली विरामीहरुलाई नेपालकै एम्बुलेन्सले भारतसम्म उपचारका लागि पु¥याउँछ । र, यस्तो दृश्य हरेक घण्टा देखिन्छ पूर्वी झापामा । मेडिकल माफियाहरुको सक्रियता यति धेरै जनघाती भइरहेको छ कि, देश र जनता दुवैलाई लुट्ने काम गरिरहेका छन् उनीहरु ।
निजी मेडिकल वा अस्पतालहरुबाट विरामीहरुलाई भारतका विभिन्न अस्पतालहरुमा सिफारिस गरेबापत महिनामा लाखौं रकम कमिशन खाने गरेका छन् माफियाहरुले । एम्बुलेन्सदेखि डक्टरहरुसम्मलाई कमिसन आउने भएकाले कोही विरामी भयो कि एम्बुलेन्स चालकहरु समेत भारतमा राम्रो उपचार हुन्छ भन्दै तुरुन्त दौडाइ हाल्छन् ।

यी दुई दृश्य काफी छन् कि नेपालमा उपचारको नाममा दलाली गर्ने प्रवृत्ति बढिरहेको छ । पूर्वी नेपालकोे झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग लगायतका जिल्लाहरुका विरामीहरु उपचार खोज्दै झापाका अस्पतालहरुमा पुग्ने गरेका छन् तर तिनीहरुलाई नेपालमा राम्रो उपचार हुन सक्दैन भन्दै कतिपय एम्बुलेन्स चालकहरुले नै भारतका अस्पतालहरु पु¥याउँछन् भने कतिपय डक्टरहरुले नै रिफर गरेर भारतको अस्पताल पु¥याउने गरेको अर्को डरलाग्दो तथ्य छ । आखिर किन भइरहेको छ यस्तो भनेर हामीले केही कारणहरु खोजी गरेका छौं ।

1कारण नम्बर एक:कमिसनको खेल
भरपर्दो र विश्वनिय उपचारको खोजी गर्दै पूर्वि नेपालको विभिन्न भेगबाट सर्वसाधारण मानिसहरु झापा पुग्ने गरेका छन् । तर, कसैलाई झापाका अस्पतालहरुमा जाँदा जाँदै एम्बुलेन्स चालकहरुले नेपालमा राम्रो उपचार हुँदैन भनेर भारत पु¥याउँने गर्दछन् भने यहाँ रहेको निजी केही असप्ताल, मेडिकल र डक्टरहरुले नै कमिशन आउने लोभमा बिरामीलाई भारत जान सुझाव दिन्छन्, भारतको पनि नामै तोकेर यो अस्पतालमा जानू भनेर आदेश दिने गरेका छन् ।

जसबापत उनीहरु कमिशन खान्छन् । नेपालकै डक्टरहरु पनि भारतको निश्चित अस्पताल र डक्टर तोकेरै रिफर गर्ने गर्दछन् । त्यसवापत उनीहरुले ठूलो रकम कमिसन बुझ्ने गरेका छन् । सरकारी र निजी दुवै ठाउँका अस्पतालहरुबाट भारत रिफर गर्ने गरिएको छ । सामान्य प्रकृतिका विरामीहरुलाई समेत शुरुमा आफ्नै अस्पतालमा उपचार गर्ने र केही समस्या हुने वित्तिकै भारतका अस्पताल र डक्टरहरुकोमा रिफर गर्ने गरिन्छ । त्यसरी विरामीलाई रिफर गरे वापत डक्टरहरुले मोटो रकम कमिसन पाउने गरेका छन् । र, यसको खुलासा हामीसँग मेडिकल हस्पिटलका डक्टर आन्दनराज खनालले गरेका हुन् । उनी भन्छन् भारतका अस्पतालहरुले विरामी पु¥याए वापत इन्सेन्टिभ अर्थात भत्ता भनेर नेपाली डक्टरहरुलाई रकम दिन्छन् र यो प्रवृत्ति बर्षौदेखि चलिरहेको छ ।

कारण नम्बर दुई:दलाली गर्नै खुलेका छन् क्लिनिक र अस्पतालहरु
झापामा कतिपय डक्टर, क्लिनिक र अस्पतालहरु यस्ता छन् जसलाई भारतीय अस्पतालले खुलेआम कमिशन दिइरहका छन् । उपचारका लागि आएका विरामीहरुलाई भारत पठाउने नियतबाट प्रेरित भएर नै यस्ता अस्पतालहरु खुलेका छन् जस्को न त दर्ता छ न त तिनीहरुमाथि निगरानी नै भएको देखिन्छ ।

भारतका अस्पतालहरुले डक्टरदेखि चालकहरुसम्मलाई आफ्नो कब्जामा लिएका छन् । भारतीय अस्पतालहरुले नेपाली विरामीबाट चर्को रकम असुलेर नेपालका डक्टर, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुसम्मलाई पोस्ने गरेका छन् । र, यो प्रवृत्तिबाट यहाँका नागरिकहरु केही जानकार भेटिए ।मेडिकल माफियाहरु हावी भएकै कारण नेपालमा गुणस्तरीय स्वास्थ सेवा हुँदाहुँदै पनि कमिसनको चक्करमा विरामीहरुलाई भारतको महंगो सुविधा लिन वाध्य पारिएको छ ।

कमिसनखोर अस्पताल, मेडिकल सेन्टर र डक्टरहरुका कारण झापामा स्वास्थ्य संस्थाहरु वद्नाम हुँदै गएका छन् भने उपचारको नाममा दैनिक लाखौ रुपैयाँ रकम भारततर्पm गइरहेको डरलाग्दो तथ्याक छ । यसबाट देश र जनता दुवैलाई घात गरिरहेका छन् झापाका केही मुट्ठिभर मानिसहरु ।

 

 

कमिशनको फन्दामा पूर्वि नेपालका बिरामी (भिडियो )

LIVE TV