
एक्शन नायक बिराज भट्टको कमब्याक फिल्म ‘जय पर्शुराम’को छायाङकन पुर्ण रुपमा सकिएको छ । साता दिन लगाएर अन्तिम गीत खिचीए सँगै फिल्मको अन्तिम छायाङकन सम्पन्न भएको हो । करीब पाँच लाख को खर्चमा सेट तयार गरेर ‘भण्डारखाल’,गोदावरी लगायतका ठाउँमा लिड कलाकार विराज र निशा अधिकारी फिचरिङमा रहेको गीत खिचिएको थियो ।
श्रीराम बालाजी फिल्मस् को व्यानरमा ‘जय पर्शुराम’लाई रोज राणाले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ भने रामेश्वर कार्कीको छायाँकन छ । फिल्मलाई साउन ३१ बाट दर्शकमाझ प्रर्दशनमा ल्याउने घोषणा पनि भईसकेको छ ।