२७ जेष्ठ २०७३, बिहीबार

फिल्म ‘गाजलु’मा समाबेश गरीएको दृष्य र बिषय प्रती कुमारी घरले केही समय यता आपत्ति जनाएको थियो । तर, अहिले उक्त कुराको गसिप साम्य भएको छ । फिल्म ‘गाजलु’को निर्माण पक्षले स्पष्टिकरण दिए पछि उक्त बिबाद पुर्ण रुपमा टुङ्गीएको हो ।

फिल्म ‘गाजलु’लाई कुमारी घरका पदाधीकारीहरुले हेरिसकेपछि ‘गाजलु’ले उठाएको कथावस्तुलाई उनिहरुले स्वागत पनि गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको बताएका छन् । साथै, फिल्म पुर्ण रुपमा सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया पनि दिएका छन् ।
फिल्म हेरसिकेपछि कुमारी घरका पदाधिकारीहरुले दिएका प्रतिक्रियाले फिल्मका निर्माण पक्षलाई उत्साहित तुल्याइ दिएको छ । फिल्ममा विवादास्पद कुरा केहि नरहेको ‘गाजलु’ पुर्ण मनोरञ्जनको खुराक हो हो भन्दै खुशी मुद्रामा निर्माता रोहित अधिकारीले प्रतीक्रीया दिए । हेमराज बिसी निर्दे्शित फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।शुक्रबार रिलिज हुने ‘गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् ।

LIVE TV