२७ जेष्ठ २०७३, बिहीबार

सलमान खान र युलिया वन्तुरको सम्बन्ध पनि अचम्म लाग्दो छ,किनकी यी दुई न कहिल्यै खुलेर आफूहरुको प्रेम स्वीकार गर्छन् न त सँगै घुम्न र हिँड्न नै छोड्छन् । केही समयअघि यो जोडी बिच बिहे नै हुने हल्ला पनि फैलिएको थियो । तर पछि युलियाले उक्त बिहेको कुरालाई खण्डन गरिन् ।


यो जोडी विदेश जाँदासमेत छुट्टिएका छैनन् । रोमानिया स्थायी घर भएकी लुलिया हाल भारत बस्छिन् । सुटिङका लागि सलमान बुडापेस्ट जाँदा लुलिया पनि सुटुक्क गएको बताइन्छ ।विदेश जान लागेकी अनुष्कालाई विराट कोहली पनि एयरपोर्टसम्म छोड्न पुगेका थिए । ब्रेकअपका हल्लाबीच कोहली अनुष्कालाई कारमा राखेर एयरपोर्ट पुगेपछि क्यामराहरु यी दुईतिरै तेसिएका थिए । यसै मौकामा सलमान र युलियाको जोडी पनि क्यामरालाई छलेर सुटुुक्क एयरपोर्ट छिरे ।

LIVE TV