२७ जेष्ठ २०७३, बिहीबार

After-banda-at-Kathmandu-530x240विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुे बन्दलाई सफल पार्न बन्द गराउदै हिड्ने क्रममा ४५ जना पक्राउ परेका छन् ।राजधानीमा सावारीसाधानहरु चल्न थालेका छन् भने जनजिबन सामान्य बन्न थालेको छ ।

बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

बन्द गराउँदै हिँडेका १३ जना विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।एकान्तकुना, ग्वार्को, सातदोबाटो, कुपन्डोल लगायतका स्थानबाट पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरु ललितपुर प्रहरी परिसरमा छन्।
बन्दमा सुरक्षालाइ ध्यानमा राखेर ललितपुर प्रहरीले हिजो साँझदेखि नै आफ्नो क्षेत्रमा ब्यापक मात्रामा प्रहरी परिचालित गरेको छ।
भक्तपुरको निकोसेरा र सुर्यविनायकबाट ३ बन्दकर्ता पक्राउ परेका छन् । उनीहरुसंगबाट २लिटर पेट्रोल र केही गुलेलि समेत जफत गरेको भक्तपुरका प्रहरी किरण बद्रचार्यले जनाकारी दिए ।पक्राउ परेकाहरु भक्तपुर प्रहरी परिसरमा छन्। बनेपा र धुलिखेलमा बन्द गराउँदै हिडेका ७ लाई प्रहरीले नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।

बन्दका कारण काठमाडौं उपत्यकासहित देशभरका सडकमा बिहीबार भाडाका गाडी कम चलेका छन् । काठमाडौंमा साझा यातायातका गाडी नियमित चलिरहेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण भाडाका गाडी कम चल्दा यात्रुलाई सास्ती भएको छ ।

बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा बिहान चालक भित्रैरहेको बेला ट्याक्सीमा आगजनी गरेका छन् । बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आंशिक क्षति भएको छ । विहान बालाजुमा माईक्रो बसमा तोडफोड गरेका छन् ।
काठमाडौं उपत्यका भित्रने र बाहिर जाने गाडी फाट्टफुट्ट मात्र चलेका छन् । प्रहरीले सडकमा सुरक्षा व्यवस्था कडा बनाएको छ । जबरजस्ती बन्द गर्ने र गाडीमा तोडफोड तथा आगजनी गर्नेमाथि कारवाही हुने प्रहरीले जनाएको छ ।

LIVE TV