चन्द नेतृत्वको माओवादीले बन्दको अबज्ञा गरेको भन्दै विहानै कोटेश्वरमा ट्याक्सी जलाए



प्रकाशित मिति : Jun 09, 2016

After-banda-at-Kathmandu-530x240काठमाडौं ।नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको बन्दका राजधानीमा विहानैदेखी वन्दको प्रभाव परेको छ ।

बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै विहानै  कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् ।बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।

कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गे्निङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिए ।उनका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।
आगो लाग्न थालेपछि चालक भागेको उनले बताए ।

bandaआगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षीया सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले न्युन २४ लाई बताए । बन्दका कारण भाडाका गाडी कम चलेका छन् । तर निजी गाडी भने नियमित रुपमानै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।बालाजुको मनमैज्युमा माईक्रोबस तोडफोडबाट आशिंक क्षेती पुगेकोे प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com