२७ जेष्ठ २०७३, बिहीबार

nagariktaभारतीय नागरिकलाइृ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटारी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन् ।

सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित भएका आजको अन्नपूर्णमा समाचार छ ।

मोरङको डायनिया गाविसमा रहँदा नागरिकता टोलिमार्फत २०७० सालमा भारतीय नागरिकलाई नागरिकता दिन सिफरिस गरेको विषयलाई लिएर अदालतले पक्राउका लागि आदेश दिए अनुरुप प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

पक्राउ गरेका गाविस सचिव देवलाई बिनासर्त हिरासत मुक्त गर्नुपर्ने माग राखेर गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले आन्दोलन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV